Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोक- २ का एमाले उम्मेदवार तामाङप्रति मतदाता उत्साहित, चुनाव जिताएरै छाड्ने प्रतिबद्धता

सिन्धुपाल्चोक- २ का एमाले उम्मेदवार तामाङप्रति मतदाता उत्साहित, चुनाव जिताएरै छाड्ने प्रतिबद्धता


सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

पार्टीको आधिकारिक उम्मेदवारी घोषणा भएसँगै जिल्लाका विभिन्न पालिका, टोल तथा बजार क्षेत्रमा कार्यकर्ता र समर्थकहरू सक्रिय देखिएका छन्। विगतमा निर्वाचित भएर क्षेत्रका विकास निर्माणका विभिन्न काम अघि बढाएका कारण तामाङको उम्मेदवारीप्रति मतदाता सकारात्मक देखिएका छन् ।

तामाङ यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा सडक विस्तार, पुल निर्माण, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति तथा खानेपानी आयोजनालगायतका क्षेत्रमा काम अघि बढाएको भन्दै समर्थकहरूले उनको कार्यसम्पादनलाई प्रमुख आधार मानेका छन्।

विशेष गरी भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार र दुर्गम बस्तीलाई यातायातसँग जोड्ने प्रयासलाई स्थानीयहरूले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन्। कतिपय स्थानमा वर्षौँदेखि अलपत्र परेका योजनाहरूलाई अघि बढाइएको भन्दै मतदाताहरूले त्यसको प्रत्यक्ष अनुभूति गरेको बताउँछन्। उहाँ निर्वाचित हुँदा धेरै ठाउँमा विकासको गति देखिएको थियो। अहिले फेरि उम्मेदवार बन्नुभएको छ भन्ने खबरले गाउँमा उत्साह बढेको मेलम्ची क्षेत्रका राम चौलागाईंले बताउनुभयो ।

शेरबहादुर तामाङले औपचारिक रूपमा घरदैलो तथा चुनावी सभा सुरु गरिसकेका छन् पार्टीका स्थानीय कमिटी , वडा तथा टोल कमिटी , भातृ सङ्गठन हरू भने सक्रिय भएका छन् ।

वडा र पालिका तहमा बैठक, छलफल र अन्तरक्रियाहरू भइरहेका छन्। सामाजिक सञ्जालमार्फत पनि समर्थकहरूले अघिल्लो कार्यकालका उपलब्धिहरू सार्वजनिक गरिरहेका छन्।

हामीले औपचारिक कार्यक्रमको सुरुवात गरेकाछौं तर उम्मेदवार घोषणा भएपछि स्वतःस्फूर्त रूपमा कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएको नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिव कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।

सचिव तामाङले यस पटक युवाहरूको सक्रियता उल्लेख्य देखिएको छ सामाजिक सञ्जालमा तामाङको पक्षमा बहस, पोस्ट र भिडियो सामग्रीहरू साझा भइरहेका छन् रोजगारी , शिक्षा र पूर्वाधार विकासका मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनलाई चित्रित गर्ने प्रयास भइरहेको बताउनुभयो ।

उहाँका अनुसार महिला समूहहरूमा पनि अघिल्लो कार्यकालमा सञ्चालन गरिएका केही सामुदायिक योजना र पहुँच कार्यक्रमलाई आधार बनाएर सकारात्मक धारणा बनिरहेको छ ।

सिन्धुपाल्चोक–२ राजनीतिक दृष्टिले प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ। विभिन्न दलहरूले पनि आफ्ना उम्मेदवार घोषणा भई घर दैलो अभियान समेत सुरु गरिसकेका छन् ।

एमालेले भने तामाङको अघिल्लो कार्यकालको काम र व्यक्तिगत पहुँचलाई बलियो आधारका रूपमा प्रस्तुत गर्ने रणनीति बनाएको छ भने विकास निर्माणका ठोस काम देखिएका क्षेत्रमा पुनः उम्मेदवारी दिँदा त्यसको सकारात्मक प्रभाव पर्ने सम्भावना रहने र अन्तिम निर्णय भने मतदाताको मूल्याङ्कनमा निर्भर रहने एमाले नेता हरूको भनाई छ ।

मतदाताहरूले भने विकासको निरन्तरता, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन्। सिन्धुपाल्चोक भूकम्प र बाढ पहिरोबाट प्रभावित जिल्ला भएकाले दीर्घकालीन पुनर्निर्माण र सुरक्षित पूर्वाधार निर्माण प्रमुख एजेन्डा बन्ने देखिन्छ।

विगतमा भएका काम राम्रो भए पनि अब थप प्रभावकारी योजना ल्याउनुपर्छ हामी परिणाम हेरेर मतदान गर्ने युवा मतदाता सरोज दुलालले जानकारी दिनुभयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT