Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रलुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन र समृद्धि मुख्य एजेण्डा

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन र समृद्धि मुख्य एजेण्डा


काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

एमाले जिल्ला कमिटीमा विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका राना पार्टी नेतृत्वको रक्षा र कार्यकर्ताको सुरक्षामा सदैव प्रतिवद्ध रहँदै निष्ठाको राजनीति गर्ने नेतामा पर्नुहुन्छ ।

युवालाई उत्पादनसंग जोड्दै राजनीति मार्फत सामाज रुपान्तरणका लागि काम गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै उहाँले समृद्धिको संकल्प सहित पार्टीबाट युवा उद्यमशिलताको मुख्य एजेण्डा उठाउँदै आउनुभएको छ ।

पार्टी संगठन सुदृढीकरण, जनआधारित राजनीति र प्रदेशस्तरमा संगठन विस्तारमा सक्रिय रहँदै आएका रानाले केन्द्रीय नेतृत्वमा रहेर पार्टीको नीति, सिद्धान्त र कार्यक्रम कार्यान्वयनमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

लुम्बिनी प्रदेशमा लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहनुभएका रानाले स्थानीय तहदेखि प्रदेशसम्म पार्टीलाई मजबुत बनाउन विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँको उम्मेदवारीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व अझ सशक्त हुने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।

केन्द्रीय सदस्य पदका उम्मेदवार रानाले पार्टीभित्र अनुशासन, एकता र जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै पार्टीलाई थप जनमुखी र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT