Techie IT
Tuesday, November 18, 2025 | मंगलबार, मंसीर २, २०८२
२०८२ मंसीर २, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । प्रसाईँलाई गएराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । प्रसाईले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको हो । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ

शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा

रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल

Techie IT