Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रलोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

बाहिरिए दर्जनभन्दा बढी भ्रष्टाचार काण्ड


काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ । लोडसेडिङ अन्त्य गरेको नाममा लोप्रियता कमाएका घिसिङले आफ्ना भाइ, भतिजाका नाममा अनेक कम्पनी खोलेर नियोजित रुपमा भ्रष्टाचार गरेको खुलेको हो ।

पछिल्लो समय नियमन आयोगको स्वीकृतिबिना भारतसँग विद्युत व्यापार सम्झौता गरेर ४३ करोड घोटला गरेको आरोप लागेका घिसिङ यसअघि पनि १२, १३ वटा ठूला भ्रष्टाचार काण्डमा मुछिएका छन् । कुलमान मिसिएको एउटा ठूलो भ्रष्टाचार काण्ड हो, स्मार्ट मिटर घोटला प्रकरण । दुई अर्बभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको उक्त प्रकरणमा घिसिङको प्रत्यक्ष संलग्नता देखिएको छ ।

उक्त घोटालासम्बन्धी अख्तियारमा उजुरी पनि परेको छ । र अहिले उक्त उजुरी विचाराधीन छ । उजुरीमा कुलमानसहितले नाम मात्रको टेन्डर आह्वान गरी स्मार्ट मिटर तथा विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गरेको उल्लेख छ । त्यस्तै कुलमान मुछिएको अर्को भ्रष्टाचार काण्ड हो, अर्बको ट्रान्सफर्मर घोटाला प्रकरण ।

थानकोट–चापागाउँ–हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरेको थियो । घिसिङकै नेतृत्वमा ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा थन्क्याएर राखिएको थियो ।

अहिले ६ वर्षअघि नै खरिद गरेर थन्क्याइएका ती उपकरणहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । बुझिएअनुसार त्यतिबेला १५ प्रतिशत कमिसनको लोभमा पहिल्यै सामान किनिएको थियो । यसैगरी चार करोडमा हुने काम १४ करोडमा आफ्नै दाइको कम्पनीलाई जिम्मा दिएको आरोप पनि कुलमानलाई लागेको छ ।

विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई उनले कानूनविपरीत ठेक्का दिएका थिए । करिब ४ करोड बराबरको काम बाँकी रहेको ठेक्का बीचैमा रद्द गरी कुलमानले आफ्नै दाजुको लगानी रहेको कम्पनीलाई १३ करोडमा अवार्ड गरेका थिए ।

त्यस्तै खरिद प्रक्रियामा लागत अनुमानभन्दा बढीको बोलपत्र स्वीकृत गरेर कुलमानले एकै वर्षमा राज्यकोषको झन्डै १ अर्ब हाराहारीमा नोक्सानी पुर्याएको तथ्यांक छ । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख छ ।

प्रतिवेदनमा प्राधिकरणको मनोमानीकै कारण राज्यलाई ८४ करोड ७ लाख व्ययभार परेको पनि उल्लेख गरिएको छ । यतिमात्रै होइन, कुलमानले सोलार ग्रिडमा ८४ करोड अनियमितता गरेको प्रमाण यसअघि सार्वजनिक भइसकेको छ । यी त केही नमूना काण्डमात्रै हुन्, कुलमानले लोडसेडिङ हटाएको भन्ने लोकप्रियताको आडमा अर्बौंअर्ब भ्रष्टाचार गरेका छन् । तै पनि मान्छेहरु कुलमानलाई नै देउता मानिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT