Techie IT
Saturday, October 18, 2025 | शुक्रबार, असोज ३१, २०८२
२०८२ असोज ३१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति छानबिन थालियो, सम्पूर्ण सरोकारवाला निकायबाट कागजात झिकाइँदै

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति छानबिन थालियो, सम्पूर्ण सरोकारवाला निकायबाट कागजात झिकाइँदै


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका छन् । विभागले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र जयवीर तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण संकलन गरी पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखिसकेको छ ।

त्यस्तै, जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा बिहीबार पत्राचार गरिएको छ । पत्रबमोजिम विवरण संकलन भइरहेको सम्बद्ध निकायका अधिकारीले जानकारी दिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि विवरण संकलन गरी पठाउन ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई निर्देशन दिइएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

बैंक–वित्तीय संस्थामा खोलिएका खाता र तिनमा भएको नगद, गरगहना र बैंकिङ कारोबारको विवरण राष्ट्र बैंकसँग मागिएको छ । प्रहरीसँग पनि २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा तत्कालीन मन्त्री खड्काका घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक परीक्षणको रिपोर्ट मागिएको छ ।

२४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाल लगायतका नेताका घरमा आगजनी गरेका थिए । बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए । त्यस्तै, खुमलटारस्थित दाहालको निवासमा पनि पैसा जलेको दाबी गरिएको छ ।

विभागले ५ असोजमा देउवा र खड्का तथा ७ असोजमा दाहाल निवास पुगेर मुचुल्का कागज तयार पारेको थियो । मुचुल्का विवरण फरेन्सिक जाँचका लागि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएको थियो । त्यसको प्रतिवेदन ब्युरोले विभागलाई बुझाउन बाँकी छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा घर तथा ससुरालीतर्फ ३ पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी र कारोबारको जाँचबुझ हुन्छ । विभिन्न निकायबाट मागिएको विवरण प्राप्त भएपछि दोस्रो चरणको अनुसन्धान हुने र आरोपितसँग बयान लिने तयारी रहेको विभागले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

Techie IT