Techie IT
Thursday, July 23, 2026 | बुधबार, साउन ६, २०८३
२०८३ साउन ६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकाठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन

स्काउटको विवादित जग्गामा भवन बनाउन लागेकोप्रति जनप्रतिनिधिको आपत्ति, पेलेरै जाने मुडमा बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा भनाभन भएको छ । बैठकमा वडाध्यक्ष तण्डुकारले महानगरपालिकाको स्थायी भवन नहुँदा कार्यपालिका बैठकसम्म बस्न समस्या भएको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गरेका थिए ।

त्यसपछि मेयर साहले तिहारपछि भवन निर्माण थालिने जवाफ फर्काएका थिए । तर पनि वडाध्यक्ष तण्डुकारले अब ढिला गर्न नहुने भन्दै तत्कालै काम सुरू गर्न जोड दिएपछि दुवैबीच भनाभन भएको हो । त्यसक्रममा मेयर साहले व्यङ्ग्य गर्दै भने, ‘भवन छिटो बनाऊँ भन्नु भयो, त्यसो भए के १० दिनको तिहारलाई आजै सक्काउन मिल्छरु’ तण्डुकारले दुई वर्षअघि नै महानगर भवन निर्माणको जिम्मा मेयर साहले लिए पनि अहिलेसम्म काम नदेखिएको टिप्पणी गरेका थिए ।

महानगरको कार्यालय भवन निर्माणबारे पछिल्लो केही समयदेखि विवाद र ढिलाइ भइरहेको छ। बैठकमा यो विषयमा वडाध्यक्ष र मेयरबीच तिखो बहस भएको हो । महानगरको भवन स्काउटको विवादित जग्गामा बनाउन लागेपछि विवाद झन् चर्किएको हो । मेयर साह भने पेलेरै भए पनि स्काउटको विवादित जग्गामै भवन बनाउने अडानमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT