काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ(चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन् ।
हमासका बन्धकहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायल सेनालाई जिम्मा लगाइने छ । बन्धकहरु रिहाइ हुने भएपछि गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रमका प्रतिनिधिहरु पुगिसकेका छन् ।