Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्ने रास्वपाको माग

मुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्ने रास्वपाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ। मंगलबार बसिरहेको केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव आएको हो ।

केन्द्रीय कार्यालय चःमतीमा जारी बैठकमा प्रदेश सभापतिहरूले मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् । रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका हुन् ।

अन्य तीनवटा प्रदेशका सभापतिहरू भने यसबारेमा मौन बसेको बैठकमा सहभागी एकजना नेताले बताएका छन् । उनीहरू चारैजनाले विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा राखेका हुन् ।

एक नेताका अनुसार केन्द्रीय सदस्य रहेका प्रदेश सभापतिहरूले प्रदेशबाट राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा रविले सभापति पद छाड्नुपर्ने कुरा उठाएका हुन् । त्यसैगरी बैठकमा गत भदौ २४ गते हुलदंगा गर्दा ललितपुरस्थित नख्खु कारागारबाट रवि निस्किएको विषय पनि उठाएका छन् ।

रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित पुगेको विषयलाई लिएर बैठकमा कुरा उठाइएको हो ।

प्रवक्ता झाले रविलाई रिहाइका नाममा आफूहरू नख्खु जानुलाई गल्तीका रुपमा सार्वजनिक रूपमै स्वीकारिसकेका छन् । उनले त्यसबेला गम्भीर गल्ती भएकाले अब सँच्चिएर जानुपर्ने बताइसकेका छन् ।

रविमाथि अहिले पनि सहकारी ठगी र संगठित अपराधसहित विभिन्न मुद्दा चलिरहेको छ । रवि अहिले बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा छन् ।

उनी भदौ २४ गते हुलहुज्जत गरेर नक्कली कागजका आधारमा जेलबाट निस्किएका थिए । तर त्यसबेला आन्दोलित जेन(जीसहितले गैरकानुनी रुपमा जेलबाट निस्किएको भन्दै रविलाई त्यतै फर्किन दबाब दिएपछि अहिले उनी थुनामै छन् ।

यता प्रवक्ता मनिष झाका अनुसार मंगलबार जारी बैठकमा विभिन्न ७ वटा एजेन्डामा छलफल भइरहेको छ ।

एजेन्डाहरू

१. समसामयिक अवस्था र बैठक बारे ।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत ९सभापतिहरूको तर्फबाट० ।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।
४. पार्टी संगठन एवम् विभाग सम्बन्धमा ।
५. आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।
७. विविध ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT