Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किएर बेपत्ता भएका दुई मजदुरको शव भेटियो

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किएर बेपत्ता भएका दुई मजदुरको शव भेटियो


सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका २ मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

शुक्रबार १ बजेर २५ मिनेट जाँदा घटना भएलगत्तै उद्धारकार्य थालिए पनि बिहान चार बजे मात्रै मृत अवस्थामा उनीहरुलाई भेट्टाइएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् । उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेकाले निकाल्न अप्ठ्यारो भएको थियो ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकको तथ्यांकअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । वर्ष दिनअघिबाट निर्माण सुरु गरिएको भोटेकोशी-१ जलविद्युत्को सुरुङभन्दा माथि शुक्रबार मजदुर काम धमाधम गर्दै थिए । एक्कासी स्ल्याब भत्किन थालेपछि तल बसेर काम गरिरहेका कामदार च्यापिएर चिच्याउन थालेका थिए । भागदौडमा १३ जना स्ल्याब र माथिल्लो भागको बीचमा फसेका थिए ।

घाइते हुनेमा दोलखाका रामचन्द्र रिमाल, साइला थामी, गोपाल थामी, पदम थामी, विजय थामी, विशाल थामी, बर्दियाका दुर्गा थारु, रोल्पाका साशन थापा, इलामका शाकबहादुर श्रेष्ठ छन् । बर्दियाका लाहनु थारुको अवस्था गम्भीर भएको स्वास्थ्यकर्मीले बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT