Techie IT
Wednesday, December 3, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रतीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका


चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी सडक खण्ड बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको हो ।

अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका वडा नंम्वर –२ स्थित इको पहिरो क्षेत्रमा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोको कारण नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी ठप्प भएको थियो ।

वर्षायामको कारण निरन्तर पहिरो झर्ने इको क्षेत्र सडक अवरुद्ध हुने उच्च जोखिममा रहँदै आएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोट, भोटेकोसी गाउँपालिका, तथा नाका सम्बन्धित व्यवसायीहरूले निरन्तर प्रयास गर्दै आएका थिए ।

सडक अवरुद्ध हुँदा दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर चीनतर्फ रोकिएका सामग्रीहरू नेपाल भित्र्याउन नसक्दा व्यवसायीहरू चिन्तित बनेका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यवसायीहरुले ३ हप्तादेखि सडक बन्द हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपर्यो । केही सामग्री त भरियाले वोकेर पहिरो पार गरेर ल्याउनुपर्यो । अहिले सडक खुलेको छ, तर पानी परेपछि फेरि पहिरो जाने डर कायमै छ ।

बिहीबार मात्रै अड्किएका ३० वटा सामग्री बोकेको कन्टेनर भन्सार यार्डमा पुगेका तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  नेपालतर्फबाट हालसम्म ६ वटा खाली कन्टेनर चीन पठाइसकिएको र बेलुकासम्म १५–२० वटा थप कन्टेनर मितेरी पुलको छेउमा पठाइने व्यवसायी विजय शेर्पाले जानकारी दिए । हाल नेपाल छिरेका कन्टेनर संख्या ४५ रहेको छ भने चिनियाँ भूभागतर्फ न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा करिब ५ सय कन्टेनर रोकिएका छन् ।

सडकको अवस्था सामान्य रहेमा ती कन्टेनर दुई दिनभित्र नेपाल भित्रिने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।  चिनियाँ पक्षले जाँचपास प्रक्रियामा समय लिने भएकाले ढिलाइ हुन सक्ने व्यवसायीहरू बताउँछन् । सरकारी निकाय, निजी क्षेत्र र नाका सम्बन्धित व्यवसायीहरूको सहकार्यमा पहिरो पन्छाएर अस्थायी रूपमा संचालनमा ल्याइएको कोदारी सडक खण्डको दीर्घकालीन समाधानका लागि थप पहल आवश्यक देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

Techie IT