Techie IT
Tuesday, December 16, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ र प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर ४, ५ र ९ का वडाध्यक्ष शेखरबहादुर भण्डारी, श्याम लामा र कृष्णबहादुर रायविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

सी–००९४३३ दर्ता नम्बर भएको मुद्दामा नगरपालिकाले मनलाग्दी ढंगमा करारमा कर्मचारी नियुक्ति गरेर अनिमितता गरेको उल्लेख छ । उजुरीअनुसार उपमेयर मञ्जु तामाङले आफ्ना श्रीमान कमल तामाङलाई स्वकीय सचिव, दाइ हिरा तामाङलाई ड्राइभर र दिदीलाई कार्यालय सहयोगीका रुपमा जागिर खुवाएकी छिन् ।

त्यस्तै, मेयर बस्नेतले शिक्षक तोयानाथ नेपाललाई प्रमुख सल्लाहकारसँगै कानूनी सल्लाहकारमा गगन ज्ञवाली र प्रमोदकुमार गिरीलाई नियमविपरीत नियुक्ति दिएका छन् । जसप्रति महालेखा परीक्षकको कार्यालयले आपत्ति जनाउँदै उक्त खर्चलाई बेरुजुमा राखेको छ । यससँगै त्यस क्षेत्रकै सम्मानीत शिक्षक नेपालले उक्त अवैध नियुक्ति किन लिए रु भन्ने प्रश्न पनि उठेको छ ।

यति मात्रै होइन, नगरपालिकाले ४७ जना कर्मचारीलाई अवैध ढंगले करारमा कर्मचारी राखेको उजुरीपत्रमा उल्लेख छ । त्यस्तै नगरपालिकाले कृषकलाई गोरु किन्न अनुदान दिने भन्दै करिब ७५ लाख रुपैयाँ अनिमितता गरेको बताइएको छ । एक हल गोरु किन्नका लागि प्रतिकिसान १० हजार रुपैयाँ दिने भनेर कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी नभएको उजुरीमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाले कुकुरका छाउरा किन्ने भन्दै १० लाख रुपैयाँ पेश्की लिएर काम नगरेको बताइएको छ । त्यस्तै उजुरीपत्रमा दमकल किन्न भनेर छुट्याइएको ५० लाख रुपैयाँ चर्चलगायतका संरचना निर्माणका नाममा खर्च गरिएको, भ्रमण खर्चको नाममा ३२ लाख र अतिथि सत्कारका नाममा ८१ लाख रुपैयाँ नष्ट गरिएको, टेण्डर गर्नुपर्ने कामलाई उपभोक्ता समिति बनाएर करिब एक करोड १५ लाख रुपैयाँ हिनामिना गरेको, टेण्डर आह्वान गरी गर्नुपर्ने काम टुक्रे योजना बनाएर ८० लाख रुपैयँभन्दा बढी रकम अनियमितता गरेको उल्लेख छ ।

बाह्रविसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेत नेपाली कांग्रेसका भ्रष्टाचार अभियुक्त नेता मोहन बस्नेतका भाइ पर्दछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

Techie IT