Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपा सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा

रास्वपा सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा


काठमाडौं । रास्वपाकी सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा परेकी छन् । कार दुर्घटनामा बा–आमानै गम्भीर घाइते भएपछि उनी पीडामा परेकी हुन् । उनले रास्वपाले रुपन्देहीमा राखेको संसदीय दलको बैठकमा सहभागी हुन नसक्नुको कारण बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो अवस्था बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्– नमस्कार सबैमा । रुपन्देहीमा भइरहेको संसदीय दलको बैठकमा अनुपस्थितीको समाचारहरू बनाउन भ्याइसक्नुभएछ। व्यक्तिगत र पारिवारिक विषय सामाजिक सञ्जालमा नराखौं सोचेको थिएँ तर यहाँहरुबाट टिकाटिप्पणी र संकास्पद प्रश्न नै सुरु भएपछि मैले भन्न कर लाग्यो।

म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, करिब १५ –१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो। कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पु¥याउनुभएको रहेछ।

म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँ करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु। बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ।

म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु। यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनता माझ पनि समय मिलाउदै निरन्तर उपस्थित भइरहेकोछु तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।

अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदिय दलको नेता, उपनेता, कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ। तर मलाई पटकपटक प्रश्न आउन र टिका टिप्पणी सहित समाचार नै बन्न थालेपछि मैले यहाँहरू सबैमा जानकारी गराउन बाध्य भए।

त्यो रातिको समयमा, त्यस्तो आकस्मिक घडीमा मेरो बुवाआमालाई दुर्घटना भएको कारको ढोका फोडेर बाहिर निकाली उद्धार गर्नुहुने र अस्पताल पुर्याईदिनुहुने युवाहरू तथा प्रहरी साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT