Techie IT
Wednesday, December 17, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति


सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ ।

सोमबार सम्पन्न भोटेकोशी गाउँपालिकाको गाउँसभामा विवादित नेता बस्नेतलाई प्रमुख अतिथि बनाइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

भोटेकोशी एमालेले सोमबार नै एक विज्ञप्ति जारी गर्दै बस्नेतलाई प्रमुख अतिथि बनाएकोमा आपत्ति जनाएको हो ।

एमाले भोटेकोशीकी अध्यक्ष सुन्तली लामा श्रेष्ठले विज्ञप्तिमार्फत त्यसप्रकारको गलत अभ्यासको भण्डाफोर गर्ने चेतावनी पनि दिएकी छिन् ।

‘समाजले नै बहिष्कार गर्नुपर्ने व्यक्तिलाई गाउँसभाको प्रमुख अतिथि बनाइनुले सुशासनको हाम्रो प्रयासमाथि पनि गम्भीर प्रहार भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विवादित र भ्रष्टाचार अभियुक्त मात्रै होइन, कोही पनि नेतालाई गाउँसभाको प्रमुख अतिथि बनाइनु कानूनी राजमाथिकै उपहास हो । यस्तो कदमले गाउँसभालाई पार्टीको आमसभा जस्तो मात्रै बनाउँछ । यस प्रकारका गलत अभ्यासको हामी निरन्तर भण्डाफोर गरिरहनेछौं ।’

बस्नेत सन्धुपाल्चोककै बाह्रविसे नगरपालिकाको नगरसभामा पनि प्रमुख अतिथि भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

Techie IT