Techie IT
Wednesday, December 17, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रराजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श

राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श


काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२–८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको समीक्षा गरिनुको साथै स्थानीय आवश्यकता र विकासका सम्भाव्य क्षेत्रहरूबारे गम्भीर छलफल गरिएको थियो । व

डाध्यक्ष तेजबहादुर पराजुलीका अनुसार विभिन्न पेशा, व्यवसाय र अध्ययन लगायतका कारणले काठमाडौंमा बसोबास गरिरहेका वडावासीहरूसँग प्रत्यक्ष संवादमार्फत राय, सुझाव र सरोकार संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । ‘स्थानीयस्तरमा योजनाको प्राथमिकता निर्धारणमा यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने देखिएको छ’, उनले भने ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्वाधार विकास, सामाजिक रूपान्तरण, व्यवसायिक उन्नयन, कृषि तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए । सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, होमस्टे सञ्चालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा स्थानीय सरकारको सक्रियता बढाउनुपर्ने आवाज उठाइएको थियो ।

व्यवसायी तथा समाजसेवी भरत पराजुलीले स्थानीय विकासमा सरकारले मात्र नभई नागरिकहरू स्वयं पनि सकृय हुनु पर्नेमा जोड दिए । उनले स्थानीय उत्पादन वृद्धि गरी बजारिकरणमा सहयोग गर्ने समेत प्रतिवद्द्ता जनाए । निरन्तर संवाद र सहकार्यद्वारा योजना छनोट तथा कार्यान्वयन प्रभावकारी हुने भन्दै आगामी दिनमा यस्ता साझा कार्यक्रम नियमित गर्नुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन् ।

कार्यक्रममा रामकृष्ण पराजुली, गणेश तिमल्सिना, राजु चौलागाई, दिनेश दिक्षित, शुकुलाल तामाङलगायतले विकासका विभिन्न पक्षमा सुझाव प्रस्तुत तथा सहयोग र सहकार्यको प्रस्ताव राखेका छन् । साथै, राजु चौलागाईमार्फत जालवारी आधारभूत स्वास्थ्य केन्द्र र सातकन्या आधारभूत विद्यालयलाई एक–एक थान ल्यापटप पनि हस्तान्तरण गरिएको थियो ।

सञ्चारकर्मी विदुर आचार्यले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले वडाध्यक्ष पराजुलीको सबैको सहभागिता सुनिश्चित गर्न गरिएको प्रयासको प्रशंसा गरेका थिए । अध्यक्ष पराजुलीले संकलित सुझावहरूलाई आगामी योजनाहरूमा समावेश गरी स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

Techie IT