Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु


कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गरेका छन् ।

कार्यक्रम उद्घाटनका क्रममा उपमहासचिव ज्ञवालीले कर्णाली प्रदेश सांस्कृतिक तथा प्राकृतिक हिसाबले अत्यन्त समृद्ध रहेको बताउँदै अब समग्र विकास र समृद्धिका लागि पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । विकास र परिवर्तनका लागि वैचारिक स्पष्टता अत्यावश्यक भएको उल्लेख गर्दै उनले यस प्रकारका प्रशिक्षण कार्यक्रमले त्यो उद्देश्य प्राप्त गर्न सहयोग पुर्यार्उने विश्वास व्यक्त गरे ।

ज्ञवालीले भौगोलिक विकटताका बाबजुद कर्णालीमा विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै अब कर्णालीको ‘पछाडि परेको’ भन्ने पहिचान परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अर्गानिक उत्पादन, साहसिक पर्यटन र प्राकृतिक सम्पदामा भरपुर कर्णाली प्रदेश तथा कालिकोटलाई समृद्ध बनाउने अभियानमा पार्टी लाग्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, राजबहादुर बुढा, सुन्दर लामिछाने, गेहेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

कर्णाली प्रदेशभर सञ्चालन गरिँदै आएको जिल्ला स्तरीय प्रशिक्षण शृङ्खलाअन्तर्गत कालिकोट छैठौँ जिल्ला हो। यसअघि दैलेख, सुर्खेत, हुम्ला, मुगु र जुम्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री…

काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ओभरपासको प्रमुख

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका

जब होटलमा श्रीमती भेट्न गएका अमित मृत भेटिए

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२

Techie IT