Techie IT
Sunday, July 13, 2025 | आईतबार, असार २९, २०८२
२०८२ असार २९, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रझन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको खर्च

झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको खर्च


काठमाडौं । एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचार गरेको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अनियमितताको प्रकरण सार्वजनिक भएको छ ।

मेयर शाहको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका सचिवालयका सदस्य कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार गरेपछि यो प्रकरण सतहमा आएको हो ।

भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपियाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको हो ।

फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७ औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर साहलाई मात्र निम्तो आएको थियो तर नियमविपरीत सचिवालयका सदस्यहरु गएर महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT