Techie IT
Thursday, January 1, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी

सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी


सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका लागि विविध गतिविधि गरिरहेको अनेरास्ववियु सिन्धुपाल्चोकका नेताहरुको भनाइ छ ।

‘विद्यार्थीहरू केवल पार्टीका विचारधारामा मात्र होइन, उम्मेदवारको व्यक्तिगत व्यक्तित्व र नेतृत्व क्षमता पनि महत्त्वपूर्ण मान्दै उम्मेदवारको प्रभावशाली छवि र विश्वास दिलाउने क्षमता सहितको नेतृत्व प्रदानमा तयार छ’, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल बुढाथोकीले भने, ‘‘उम्मेदवारले विद्यालय वा विश्वविद्यालयका विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता राख्दै विद्यार्थीहरूको समस्यामा प्रत्यक्ष संलग्नता, विभिन्न च्यारिटी वा सामाजिक कार्यहरूको नेतृत्व गरेर उम्मेदवारको लागि तयारी अवस्थामा छन् ।’

उनले अबको चुनावपछि सबै क्यम्पसमा अखिलको नेतृत्व हुने दाबीसमेत गरे ।

उम्मेदवारले कक्षामा, विद्यालयभरि र समाजिक मञ्चहरूमा प्रत्यक्ष संवाद, विद्यार्थीहरूसँग व्यक्तिगत स्तरमा जडान र विश्वास जगाउँदै अगाडी बढिरहेको अनेरास्ववियु सिन्धुपाल्चोकका अध्यक्ष रविन वाईवाले बताए । ‘उम्मेदवार चयनमा विद्यार्थीहरूको आवश्यकता र संगठनको उद्देश्यसँग मेल खाने व्यक्ति चयन गर्नु महत्त्वपूर्ण छ’, उनले भने, ‘उम्मेदवारका बारेमा विद्यार्थीहरूलाई विश्वास र आत्मविश्वास हुनु पर्छ । उम्मेदवारको नेतृत्व क्षमता, अध्ययनशीलता, र समाजिक जागरूकता पनि विचार गरी नेतृत्व निर्माणमा लाग्नुपर्छ ।’

अनेरास्ववियु सिन्धुपाल्चोकले स्ववियु चुनावलाई लक्षित गर्दै विभिन्न अभियान चलाइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT