Techie IT
Tuesday, July 14, 2026 | मंगलबार, असार ३०, २०८३
२०८३ असार ३०, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी

सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी


सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका लागि विविध गतिविधि गरिरहेको अनेरास्ववियु सिन्धुपाल्चोकका नेताहरुको भनाइ छ ।

‘विद्यार्थीहरू केवल पार्टीका विचारधारामा मात्र होइन, उम्मेदवारको व्यक्तिगत व्यक्तित्व र नेतृत्व क्षमता पनि महत्त्वपूर्ण मान्दै उम्मेदवारको प्रभावशाली छवि र विश्वास दिलाउने क्षमता सहितको नेतृत्व प्रदानमा तयार छ’, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल बुढाथोकीले भने, ‘‘उम्मेदवारले विद्यालय वा विश्वविद्यालयका विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता राख्दै विद्यार्थीहरूको समस्यामा प्रत्यक्ष संलग्नता, विभिन्न च्यारिटी वा सामाजिक कार्यहरूको नेतृत्व गरेर उम्मेदवारको लागि तयारी अवस्थामा छन् ।’

उनले अबको चुनावपछि सबै क्यम्पसमा अखिलको नेतृत्व हुने दाबीसमेत गरे ।

उम्मेदवारले कक्षामा, विद्यालयभरि र समाजिक मञ्चहरूमा प्रत्यक्ष संवाद, विद्यार्थीहरूसँग व्यक्तिगत स्तरमा जडान र विश्वास जगाउँदै अगाडी बढिरहेको अनेरास्ववियु सिन्धुपाल्चोकका अध्यक्ष रविन वाईवाले बताए । ‘उम्मेदवार चयनमा विद्यार्थीहरूको आवश्यकता र संगठनको उद्देश्यसँग मेल खाने व्यक्ति चयन गर्नु महत्त्वपूर्ण छ’, उनले भने, ‘उम्मेदवारका बारेमा विद्यार्थीहरूलाई विश्वास र आत्मविश्वास हुनु पर्छ । उम्मेदवारको नेतृत्व क्षमता, अध्ययनशीलता, र समाजिक जागरूकता पनि विचार गरी नेतृत्व निर्माणमा लाग्नुपर्छ ।’

अनेरास्ववियु सिन्धुपाल्चोकले स्ववियु चुनावलाई लक्षित गर्दै विभिन्न अभियान चलाइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT