Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र‘डेन्जर जोन’मा प्रचण्ड सरकारका दुईमन्त्री

‘डेन्जर जोन’मा प्रचण्ड सरकारका दुईमन्त्री


काठमाडौं । पछिल्लो समय सरकार फेरबदलको चर्चा व्यापक छ । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरणलाई शक्तिशाली बनाउन नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सामेल गराउने प्रयास गरिरहेका छन् । जसका लागि माओवादी र एमालेले आफ्ना एक–एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार माओवादीले पर्यटनमन्त्री हितबहादुर तामाङ र एमालेले भूमीमन्त्री बलराम अधिकारीलाई सरकारबाट फिर्ता बोलाउन लागेका हुन् ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ ।

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा कुनै निर्णय भएको छैन । श्रेष्ठलाई पर्यटन मन्त्री बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

नाउपा अध्यक्ष श्रेष्ठले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको स्वीकारेकी छन् । जेठ १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पर्यटन मन्त्रालय दिने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताएकी थिइन् ।
माओवादीभित्र पुराना सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने आवाज पनि उठिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT