Techie IT
Wednesday, June 17, 2026 | बुधबार, असार ३, २०८३
२०८३ असार ३, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र‘डेन्जर जोन’मा प्रचण्ड सरकारका दुईमन्त्री

‘डेन्जर जोन’मा प्रचण्ड सरकारका दुईमन्त्री


काठमाडौं । पछिल्लो समय सरकार फेरबदलको चर्चा व्यापक छ । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरणलाई शक्तिशाली बनाउन नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सामेल गराउने प्रयास गरिरहेका छन् । जसका लागि माओवादी र एमालेले आफ्ना एक–एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार माओवादीले पर्यटनमन्त्री हितबहादुर तामाङ र एमालेले भूमीमन्त्री बलराम अधिकारीलाई सरकारबाट फिर्ता बोलाउन लागेका हुन् ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ ।

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा कुनै निर्णय भएको छैन । श्रेष्ठलाई पर्यटन मन्त्री बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

नाउपा अध्यक्ष श्रेष्ठले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको स्वीकारेकी छन् । जेठ १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पर्यटन मन्त्रालय दिने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताएकी थिइन् ।
माओवादीभित्र पुराना सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने आवाज पनि उठिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

Techie IT