Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

नेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

महासचिवमा ज्वाला र खतिवडाको चर्चा


काठमाडौं । काठमाडौंमा असार १६ गतेदेखि नेकपा एसको महाधिवेशन हुँदैछ । र, महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु सतहमा देखिन थालेका छन् ।

खासगरी अध्यक्ष पदमा अहिलेका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको चर्चा व्यापक छ ।

२०७८ सालमा एमाले फुटाएर नेकपा एस बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै अहिलेका अध्यक्ष माधव नेपालले अध्यक्षमा दोहोरिन चाहेका छन् । त्यस्तै सम्मानित नेता खनालले सकभर सहमतिमै नेतृत्व चयन गर्ने र यदि त्यो सम्भव नभए आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने बताइसकेका छन् ।

नेपाल र खनालको तयारी नियालेका महासचिव घनश्याम भुसाल पनि दुई नेताको लडाइँले आफूलाई चिट्ठा पर्न सक्ने बुझाइमा छन् । युवा पुस्ताका नेता कार्यकर्ताहरूको समर्थन प्राप्त गर्ने विश्वासमा छन् भुसाल ।

पछिल्लो समय एमाले विभाजन र नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न नसकेको अध्यक्ष नेपालमाथि आरोप लाग्ने गरेको छ । नेपालमाथि यो आरोप सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाले नै लगाउने गरेका छन् ।

खनाल र भुसालले सिधै नेपालमाथि यो आरोप नलगाए पनि उनीहरूले जनताको बहुदलीय जनवाद (जबज) र समाजवादबारे गर्ने व्याख्या र विश्लेषणहरूमा त्यही कुराको झल्को दिने गरेका छन् । माधव नेपाल जनताको बहुदलीय जनवादमार्फत समाजवादमा पुग्नुपर्ने पक्षमा छन् भने खनाल वैज्ञानिक समाजवादको वकालत गर्छन् ।

अध्यक्षमा तीन नेताको चर्चा भइरहँदा हालका उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव लाल श्रेष्ठ लगायतका नेताहरू भने अहिलेकै पद जोगाउन प्रयासरत छन् । महासचिवमा चाहिँ उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले चाहना राखेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT