Techie IT
Wednesday, July 2, 2025 | बुधबार, असार १८, २०८२
२०८२ असार १८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता

प्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता


काठमाडौं । पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । र, रास्वपाले देशैभरीबाट कार्यकर्तालाई प्रदर्शनमा आउन उर्दी जारी गरेको छ । तर अपेक्षा गरेजस्तो कार्यकर्ता नआएपछि रास्वपाका नेता तथा कार्यकर्ता निराश भएका छन् ।

यससँगै उनीहरु प्रदर्शनमा सहयोगको याचनासहित पोखरेलीको घरदैलोमा पुगिरहेका छन् । मंगलबार रास्वपाकी केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगेका थिए । उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई भेटेर आन्दोलनमा पोखरा झर्न आग्रह गरेका थिए ।

त्यस्तै केन्द्रीय सदस्य हरि ढकालले मंगलबार दिभनर बिरौटा क्षेत्रमा घरदैलो गरेका थिए । प्रत्येक घरमा चुनावी प्रचारको समयझैं छिरेर प्रदर्शनमा आउन उनले आग्रह गरेका थिए । रास्वपाले मंगलबार १० वटा समूह बनाएर घरदैलोमा खटाएको थियो । पार्टी प्रवक्ता मनिष झाले भने अमरसिंह क्षेत्रको घरदैलो गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

Techie IT