Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति


सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ ।

सोमबार सम्पन्न भोटेकोशी गाउँपालिकाको गाउँसभामा विवादित नेता बस्नेतलाई प्रमुख अतिथि बनाइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

भोटेकोशी एमालेले सोमबार नै एक विज्ञप्ति जारी गर्दै बस्नेतलाई प्रमुख अतिथि बनाएकोमा आपत्ति जनाएको हो ।

एमाले भोटेकोशीकी अध्यक्ष सुन्तली लामा श्रेष्ठले विज्ञप्तिमार्फत त्यसप्रकारको गलत अभ्यासको भण्डाफोर गर्ने चेतावनी पनि दिएकी छिन् ।

‘समाजले नै बहिष्कार गर्नुपर्ने व्यक्तिलाई गाउँसभाको प्रमुख अतिथि बनाइनुले सुशासनको हाम्रो प्रयासमाथि पनि गम्भीर प्रहार भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विवादित र भ्रष्टाचार अभियुक्त मात्रै होइन, कोही पनि नेतालाई गाउँसभाको प्रमुख अतिथि बनाइनु कानूनी राजमाथिकै उपहास हो । यस्तो कदमले गाउँसभालाई पार्टीको आमसभा जस्तो मात्रै बनाउँछ । यस प्रकारका गलत अभ्यासको हामी निरन्तर भण्डाफोर गरिरहनेछौं ।’

बस्नेत सन्धुपाल्चोककै बाह्रविसे नगरपालिकाको नगरसभामा पनि प्रमुख अतिथि भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT