Techie IT
Thursday, May 22, 2025 | बिहीबार, जेठ १०, २०८२
२०८२ जेठ १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख

दशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख


काठमाडौं । यसवर्षको दशैमा मात्र आन्तरिकतर्फ दुई लाख ७४ हजार ५७७ जनाले यात्रा गरेका छन्। जसमा आन्तरिक मात्र पाँच हजार १०८ वटा उडान र अवतरण भए ।

दशैँअघि संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने राजमार्ग र सहायक राजमार्गहरुमा पहिरो गयो । सडकबाट आवागमन बिथोलिएपछि त्यसको प्रभाव हवाइसेवामा पर्‍यो र दशैँकै समयमा सडक अवरोध हुँदा हवाई यात्रुको चाप बढेको हो । असोज १३ गतेदेखि २६ गतेसम्म १६ दिनभित्र आन्तरिक र अन्त्तराष्ट्रिय गरी कुल ६ हजार ८५२ उडान र अवतरण भएका छन् ।

भीषण वर्षाका कारण असोज ११ र १२ गते काठमाडौँबाट कुनै उडान हुन सकेन । यस अवधिमा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसत १७ हजार १६१ यात्रुको आवागमन भयो । सबभन्दा बढी असोज १४ गते १९ हजार १५६ यात्रुले आन्तरिक उडानको सेवा लिएका थिए ।

१३ गते अर्थात् दशैँ शुरू हुनु चार दिन अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड लागेको थियो । त्यसयता १६ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पाँच लाख ३८ हजार ५८२ जनाले हवाई यात्रा गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी…

काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च

सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३

महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा

नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ । बुधबार बागबजारको होटल हार्दिकमा आयोजित

रेस्टुरेन्टको आवरणमा यौन व्यवसाय गर्ने तीनजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन

सैनिक कल्याणकारी कोषको रकमबारे पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने…

काठमाडौं । नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ । सैनिक घोटालाको मुद्दामा

Techie IT