Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रधौलागिरीमा ज्यान गुमाएका पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

धौलागिरीमा ज्यान गुमाएका पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो


काठमाडौं । धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ ।

सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरी आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT