Techie IT
Tuesday, July 15, 2025 | सोमबार, असार ३०, २०८२
२०८२ असार ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ


काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया रही नेपाल फर्किंदै गरेका सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन् । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् ।

२०७८ तिर उनीहरू फेसबुकमा जोडिएर मेसेन्जरमा कुरा गर्थे । त्यही क्रममा उनीहरूबीच अन्तरङ्ग तस्वीरहरू आदानप्रदान भए । पछि युवक वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यही क्रममा उनीहरूबीच विवाद भयो  र ऐरीले युवतीका अश्लील तस्वीरहरू नक्कली फेसबुक अकाउन्ट बनाई त्यसबाट आफन्त र साथीभाइलाई पठाइदिए ।

आफन्तले अश्लील फोटो पाएको जानकारी दिएपछि पीडित युवतीले ब्युरोमा २३ वैशाख २०७९ मा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उजुरी दिइन् । उनै ऐरीलाई फरार सूचीमा राखी इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT