Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ


काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया रही नेपाल फर्किंदै गरेका सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन् । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् ।

२०७८ तिर उनीहरू फेसबुकमा जोडिएर मेसेन्जरमा कुरा गर्थे । त्यही क्रममा उनीहरूबीच अन्तरङ्ग तस्वीरहरू आदानप्रदान भए । पछि युवक वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यही क्रममा उनीहरूबीच विवाद भयो  र ऐरीले युवतीका अश्लील तस्वीरहरू नक्कली फेसबुक अकाउन्ट बनाई त्यसबाट आफन्त र साथीभाइलाई पठाइदिए ।

आफन्तले अश्लील फोटो पाएको जानकारी दिएपछि पीडित युवतीले ब्युरोमा २३ वैशाख २०७९ मा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उजुरी दिइन् । उनै ऐरीलाई फरार सूचीमा राखी इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT