गृहपृष्ठ ∕ समाचारपत्र ∕ नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक स्वर्णपत्र शुक्रबार, २०८१ असोज १८ गते, १२:४१ मा प्रकाशित समाचारपत्र काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने’ उल्लेख गरेको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन् । प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ। विभागले दसैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ। #यातायात व्यवस्था विभाग तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ काठमाडौं । सहकारी बचत रकम हिनामिना आरोपमा सत्तारुढ नेकपा एमालेका प्रदेश सांसदका छोरा पनि पक्राउ परेका छन् । बचत हिनामिना घट्याे सुनकाे भाउ काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४०० बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए काठमाडौं । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ३ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ६ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ७ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ