Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन


काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार,प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट    पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन      दिएको छ ।

यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सार्वजनिक गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकारबाट स्वीकृत सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७६ बमोजिम गठित केन्द्रीय समन्वय एकाइ, कार्यान्वयन अनुगमन एकाइ, प्रदेश अनुगमन एकाइ र जिल्ला अनुगमन एकाइलाई सक्रिय गराइ त्यस अवधिमा र नियमित रुपमा सूचनाको हकको प्रयोगका बारेमा अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्ने र आयोगलाई पनि जानकारी दिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सार्वजनिक निकायमा रहेका सूचना संकलन गरी सर्वसाधारण नागरिकसम्म पुर्‍याउने आमसञ्चारकर्मी तथा सूचनाको हकका अभियन्ता सार्वजनिक निकायमा गइरहनुपर्ने भएकाले निजको सुरक्षाको व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT