Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने


काठमाडौं । नेपालीहरुको महान् चाड दशैं तिहार अब नेपालीहरुको घर आगँनमा आइपुग्न धेरै दिन बाँकी छैन । यस्तै दशैं तिहारलाई नै लक्षित गरेर असोज १९ गते अर्थात अक्टोबर ५ मा भर्जिनियामा हुन लागेको दशैं तिहार फेस्टिवल २०२४ को प्रतिक्षामा रहेका दर्शकहरुको लागि यो फेस्टिवल नजिकै आइरहेको छ । उक्त फेस्टिवल नजिकिदै जादाँ तयारी पनि सुरु भएको छ । दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी पुन उक्त फेस्टिबल हुन लागेको हो ।

थ्री इन्टरटेनमेन्टद्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, ९ज्ञण्टद्दद्ध० डुम्फ्रिज रोड, मनासस, ९ख्ब्द्दण्द्दज्ञद्द०मा हुदैँछ । उक्त कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, निमा रुम्बा लगायतको लाइभ म्युजिककका साथै नेपालीपनको महसुस गराउने खालका विविध खेल तथा खानाका परिकारहरु यस कार्यक्रमको प्रमूख आर्कषणको रुपमा रहेको छ । साथै नेपाली खानाका स्वादिष्ट परिकारहरूको साथै प्रत्यक्ष प्रदर्शनहरूको आनन्द लिन सकिनेछ ।

यस्तै नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ । यस कार्यक्रममा अर्को प्रमूख अमर्कषणको रुपमा
काइट फेस्टिभल पनि रहेको छ । जसमा मा भाग लिएर पतंगको एक शानदार प्रदर्शन पनि अवलोकन र बालबालिकाका गतिविधिहरूस् बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरूपनि यो फेस्टिवलमा रहनेछ ।

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुन लागेको थ्री इ इन्टरटेनमेन्टले बताएको छ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT