Techie IT
२०८१ असोज १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनुवाकोटमा दुर्घटनाः १२ जना घाइते २ जनाको अवस्था गम्भिर

नुवाकोटमा दुर्घटनाः १२ जना घाइते २ जनाको अवस्था गम्भिर


काठमाडौं । त्रिशूली— छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको थियो ।

पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

Techie IT