Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रझ्याप्लेखोला पहिरो अपडेट: अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि

झ्याप्लेखोला पहिरो अपडेट: अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको छ । त्यहि पहिरोमा बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको छ ।

त्यस्तै गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ८ जनाको शव निकालिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT