गृहपृष्ठ ∕ समाचारपत्र ∕ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता स्वर्णपत्र आईतबार, २०८१ असोज १३ गते, १२:२९ मा प्रकाशित समाचारपत्र काठमाडौं । अविरल वर्षातका कारण शनिबार आएको पहिरोले बगाँउदा जुगल गाँउपालिकाको कुनेगाउँमा दुईको ज्यान गएको छ भने दुई अझै बेपत्ता छन् । इलाका प्रहरी जलविरेका प्रहरीका अनुसार पहिरोले क्षतिग्रस्त घरबाट जुगलको कुनेगाँउबासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेको ५ वर्षे बालकको शव निकालिएको छ । बेपत्ता हुनेमा मृतक मिजारकी श्रीमती ४५ वर्षकी ठूलोकान्छी र जुगल ४ का २४ वर्षका अविनाश नेपाली हुन् । बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ। जुगल गाउँपालिकाका अनुसार मृतक मिजारको घरमा अविनाश र उनका छोरा केही दिनअघि पाहुना बनेर आएको बताए । शनिबार एक्कासी कुने गाँउको माथिल्लो भाग भास्सिएर पहिरो लागेपछि स्थानीयबिच भागाभाग चलेको थियोे । मिजारको घर पुरै ध्वस्त भएसँगै वरिपरि केही घरमा सामान्य क्षति पुर्याएको छ । अहिले वरीपरीका सबैलाई सुरक्षित स्थानमा सारिएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ४ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ५ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ६ असाेज ११ र १२ काे माैसम कस्ताे ? ७ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै