Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअवरुद्व सडक सहज बनाउन यातायात मन्त्रीकाे निर्देशन

अवरुद्व सडक सहज बनाउन यातायात मन्त्रीकाे निर्देशन


काठमाडौं  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन् । सम्बद्ध निकायहरूबीच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उनले निर्देशन दिएका हुन् ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्‍याउनका साथै कतिपय पुलसमेत बगाएपछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उनको निर्देशन छ । मौसमी प्रतिकूलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नुपर्ने पनि उनले बताए ।

मन्त्रालयका अनुसार शर्माले देशैभरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभागमार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री…

काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ओभरपासको प्रमुख

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका

जब होटलमा श्रीमती भेट्न गएका अमित मृत भेटिए

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२

Techie IT