Techie IT
Saturday, July 12, 2025 | शनिबार, असार २८, २०८२
२०८२ असार २८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द


काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT