Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा

अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा


काठमाडौं । पछिल्ला केही दिनदेखि अत्याधिक गर्मी बढेपछि महोत्तरीका केही स्थानीय तहहरूले विद्यालयहरू धमाधम बन्द गर्न थालेका छन् । बालबालिकालाई विद्यालयमा पठनपाठन गर्न जाँदा गर्मी असह्य हुन थालेपछि मनरा सिस्वा नगरपालिका, जलेश्वर नगरपालिका, बर्दीबास नगरपालिका, एकडारा गाउँपालिका र महोत्तरी गाउँपालिकालगायतले सो निर्णय गरेको हो ।

महोत्तरीमा पछिल्लो केही दिनदेखि ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम छ। अध्यधिक गर्मीका कारण बालबालिकामा पानीको कमी हुन गई झाडापखाला, बान्ता, कमजोरी, मूर्च्छा पर्नेलगायतका विभिन्न समस्या आउन सक्ने चिकित्सकको भनाई छ ।

बालबालिकालाई गर्मीबाट जोगाउनु अति आवश्यक रहेको र निरन्तर सादा पानीसँगै जीवनजल, कागतीलगायतका तरल पदार्थहरूको सेवन गराउनु आवश्यक हुन्छ । गर्मीकै कारण आँखा पाक्नेलगायतका अन्य स्वास्थ्य समस्यासमेत देखिन सक्ने चिकित्सकको भनाइ छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT