गृहपृष्ठ ∕ समाचारपत्र ∕ सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १६:१६ मा प्रकाशित समाचारपत्र काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम लगेर गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार साँझ कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । म्याद थपअघि सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्षका रुपमा थिए भने जीबी राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । जसमध्ये जीबी राई हाल फरार छन् भने कुमार रम्तेल सूर्यदर्शन सहकारी प्रकरणमै पुर्पक्षका लागि जेलमा छन् । #छविलाल जोशी #सहकारी ठगी प्रकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी ८ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा