गृहपृष्ठ ∕ समाचारपत्र ∕ नेसनल डे कन्सर्टको लागि तयारी तीव्र नेसनल डे कन्सर्टको लागि तयारी तीव्र स्वर्णपत्र बुधबार, २०८१ असोज २ गते, १४:०१ मा प्रकाशित समाचारपत्र संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रता दिइएको छ । बिहीबार हुने कन्सर्टको लागि तयारी सुरू भएसँगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ। यसरी दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै आसपास क्षेत्रमा जाम देखिएको छ। सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो। #नेसनल डे कन्सर्ट #संविधान दिवस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ :… मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा लोकप्रिय १ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ४ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी ५ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?