Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


काठमाडौं । बलेफी गाउँपालिका बाल सञ्जालले ६० औं बालदिवसको अवसर पारेर गरेको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकामा लगानी  सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बलेफी  माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पालिकाभरका विद्यालयबाट ३० जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ६ र ८ का विद्यार्थीहरू मध्ये बालशिक्षा माध्यमिक विद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा मेरिना तामाङ प्रथम हुन सफल भएकी हुन् ।

विधार्थीको सिकाई क्षमता अभिवृद्धि गर्नको लागि समय समयमा यस्ता गतिविधी गरिरहनुपर्ने बलेफी गाउँपपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले बताइन् । त्यस्तै पालिकाले आगामी वर्षहरुमा विद्यार्थीको क्षमता विकासका लागि लगानी गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयले वक्तृत्वकला प्रतियोगिताका साथै अन्य हाजिरीजवाफ,बेलुन ब्लाष्ट जस्ता कार्यक्रम पनि गरेको थियो सो कार्यक्रमा १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT