Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै प्राधिकरणले पत्र पठायो

उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै प्राधिकरणले पत्र पठायो


काठमाडौं ।  डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापतको प्रिमियम महशुल तिर्न बाँकी रहेका उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै नेपाल विद्युत् प्राधिकरणले  पुनः  पत्र पठाएको छ ।

यसअघि गत असार ९ गते १५ दिनको म्याद तोकेर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि उद्योगीले तिर्नुपर्ने ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न नमानेपछि प्राधिकरणले केही उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको थियो । प्राधिकरणले त्यसबेला अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट,जगदम्बा सिन्थेटिक, रिलायन्स स्पिनिङ मिल्स,हुलास स्टील र जगदम्बा स्टीललाई दिइएको बिजुली काटिदिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक र विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि दबाबमा परेको प्राधिकरणले साउन ८ गते ३ महीनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ती उद्योगमा पुनः  बिजुली जोडेको थियो । विद्युत् नियमन आयोगको निर्देशनका आधारमा प्राधिकरणले उद्योगीहरूलाई ३ महीना समय दिएको हो ।

उद्योगीहरूले भने टीओडी रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् ।उनीहरूले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने अडान लिएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT