Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै प्राधिकरणले पत्र पठायो

उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै प्राधिकरणले पत्र पठायो


काठमाडौं ।  डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापतको प्रिमियम महशुल तिर्न बाँकी रहेका उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै नेपाल विद्युत् प्राधिकरणले  पुनः  पत्र पठाएको छ ।

यसअघि गत असार ९ गते १५ दिनको म्याद तोकेर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि उद्योगीले तिर्नुपर्ने ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न नमानेपछि प्राधिकरणले केही उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको थियो । प्राधिकरणले त्यसबेला अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट,जगदम्बा सिन्थेटिक, रिलायन्स स्पिनिङ मिल्स,हुलास स्टील र जगदम्बा स्टीललाई दिइएको बिजुली काटिदिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक र विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि दबाबमा परेको प्राधिकरणले साउन ८ गते ३ महीनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ती उद्योगमा पुनः  बिजुली जोडेको थियो । विद्युत् नियमन आयोगको निर्देशनका आधारमा प्राधिकरणले उद्योगीहरूलाई ३ महीना समय दिएको हो ।

उद्योगीहरूले भने टीओडी रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् ।उनीहरूले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने अडान लिएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT