Techie IT
Friday, July 4, 2025 | शुक्रबार, असार २०, २०८२
२०८२ असार २०, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसगरमाथाको डोरी काटेको प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ

सगरमाथाको डोरी काटेको प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ


काठमाडौं । सगरमाथामा डोरी काटिएको प्रकरणमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ ले सफाइ पाएका छन् ।

पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य सचेत गराएर सफाइ दिएको हो ।

विभागले गत साउन २२ गते नै पुर्जालाई भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन लिखित निर्देशन दिएको छ । योसँगै पुर्जालाई नेपालमा हिमाल आरोहणमै प्रतिबन्ध लगाउन केही व्यक्ति तथा प्रतिस्पर्धी व्यवसायीहरुले गरेको प्रयास असफल भएको छ ।

यसैबीच आरोही पुर्जाले सगरमाथामा डोरी काटिएको छानबिन प्रकरणमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारको पारदर्शिता र प्रतिबद्धताप्रति आभारसमेत प्रकट गरेका छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

Techie IT