Techie IT
Wednesday, May 21, 2025 | बुधबार, जेठ ९, २०८२
२०८२ जेठ ९, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनगदको सट्टा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता हुने

नगदको सट्टा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता हुने


काठमाडौं । होटल रेस्टुरेन्ट, बार, र लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको भ्याट को १० प्रतिशत रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने जनाएको हो ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । यसरी मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता मदिरा पिउने केन्द्र  बारबाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा पाइनेछ । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरे नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागको भनाइ छ ।

डेबिट र क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था गरिएको हो । ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी…

काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च

सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३

महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा

नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ । बुधबार बागबजारको होटल हार्दिकमा आयोजित

रेस्टुरेन्टको आवरणमा यौन व्यवसाय गर्ने तीनजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन

सैनिक कल्याणकारी कोषको रकमबारे पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने…

काठमाडौं । नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ । सैनिक घोटालाको मुद्दामा

Techie IT