Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअब उपभोक्ताले तिरेको करको १० प्रतिशत फिर्ता पाइने

अब उपभोक्ताले तिरेको करको १० प्रतिशत फिर्ता पाइने


काठमाडौं । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभागले एउटा सूचना जारी गर्दै उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

अब विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले मदिरा पिउने ठाउँ ९बार०मा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत फिर्ता पाउने छन् । यस्तै चमेनागृह र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत फिर्ता पाउनेछन् ।

ऐनमा कुनै वस्तु खरिद गरेर विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयनका लागि विभागले यही भदौ २१ गते निर्णय गरेको थियो । सोही निर्णयबमोजिम छुट दिने भएको हो । मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आबद्ध हुन सक्नेछन् । यस्तै डेबिट–क्रेडिट कार्ड, क्यूआर, मोबाईल एपमार्फत भुक्तानी गर्ने सेवाग्राहीले करको १० प्रतिशत फिर्ता पाउने भएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT