Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष प्रधानले उठाए इथानोल मिश्रणबारे प्रश्न

पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष प्रधानले उठाए इथानोल मिश्रणबारे प्रश्न


काठमाडौं । पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाएका छन् । ईभी (विद्युतीय गाडी)को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेको बताउँदै उनले इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्दै प्रश्न गरे ।

‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्यो ?’ उनले जिज्ञासा राखे ।

तथापि, आफूहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहीँ राम्रो दिन आग्रह गरे ।

नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समयसम्म पनि कार्यान्वयन नहुने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो !’ उनले संशय व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT