Techie IT
Wednesday, June 10, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररुसमा थप चार नेपालीको मृत्यु, मृत्यु हुने नेपाली संख्या ४० पुग्यो

रुसमा थप चार नेपालीको मृत्यु, मृत्यु हुने नेपाली संख्या ४० पुग्यो


काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ । असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।

हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT