Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररुसमा थप चार नेपालीको मृत्यु, मृत्यु हुने नेपाली संख्या ४० पुग्यो

रुसमा थप चार नेपालीको मृत्यु, मृत्यु हुने नेपाली संख्या ४० पुग्यो


काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ । असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।

हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT