Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रडाक्टरको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन जारी

डाक्टरको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन जारी


काठमाडौं । भारतमा डाक्टरको बलात्कारपछि हत्या भएको घटनापछि निरन्तर प्रदर्शन भइरहेको छ । बलात्कारपछि हत्या भएकी डाक्टरको न्यायका लागि नेपालमा समेत विभिन्न प्रदर्शन भइरहेका छन् । निकै क्रुर ढंगमा भएको उक्त बलात्कारपछि हत्या भएको घटनाले संसारभरका महिलालाई झस्काएको छ ।

पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी एक डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन् । परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेको थियो । घटनापश्चात सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनमा भारतीय मेडिकल एसोशिएसन, नागरिक समाज र विद्यार्थीहरूले ऐक्यवद्धता जनाएका छन् । भारतको प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ तर प्रदर्शन मत्थर भएको छैन । ती डाक्टरमाथि सामूहिक बलात्कार भएको तर प्रहरीले एकजनालाई देखाएर अन्यलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनकारीहरूले अभियुक्त पक्राउ परिसक्दा पनि प्रदर्शन जारी राखेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् ।

बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ । अस्पतालमै जघन्य अपराध भएपछि अगष्ट १२ मा अस्पतालका प्रिन्सिपल प्राध्यापक डा. सन्दीप गोशले पदबाट राजीनामा दिएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT