Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबंगलादेशपछि भारतमा चर्कियो आरक्षणको आन्दोलन

बंगलादेशपछि भारतमा चर्कियो आरक्षणको आन्दोलन


काठमाडौं । बंगलादेशपछि भारतमा आरक्षणसम्बन्धी आन्दोलन चर्किएको छ । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले बुधबार भारत बन्द आह्वानसमेत गरेका छन् ।

उनीहरुको आन्दोलनलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतको समर्थन छ । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्यप्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ । मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई अलर्ट राखेको छ । यसअघि सन् २०१८ को अप्रिल २ मा दलित संगठनहरुले आह्वान गरेको भारत बन्दको क्रममा विभिन्न ठाउँमा हिंसा भएको थियो ।

मध्यप्रदेशमा ६ जनाको मृत्यु भएको थियो । त्यसैले आजको बन्दमा मध्यप्रदेशमा बढी सुरक्षा सतर्कता अपनाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

Techie IT