Techie IT
Saturday, July 12, 2025 | शनिबार, असार २८, २०८२
२०८२ असार २८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रयी हुन् गृहमन्त्री लामिछानेका तीन ‘ब्याकफायर’

यी हुन् गृहमन्त्री लामिछानेका तीन ‘ब्याकफायर’


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले तीन महिनामा तीनवट फायर खोले । तर दुर्भाग्य– उनका तीन फायर आत्मघाती बन्न पुगे ।

के–के न गर्लान् भन्ठानेका रविले गृहमन्त्री हुनेबित्तिकै सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध फायर खोले । अर्थात् सुन तस्करी छानबिन आयोगले दिएको प्रतिवेदनअनुसार महरालाई उनले पक्रन लगाए । भारत भारत भाग्न लागेका महरालाई चैत ५ गते प्रहरीले ५ कपिलवस्तुबाट पक्राउ गर्यो ।

महरा पक्राउ पर्नुलाई कतिपयले ‘गृहमन्त्रीको टेलर’ मात्रै भएको र मूल फिल्म खतरनाक हुने आकलन गरेका थिए । तर परिणाम उल्टो आइदियो– गृहमन्त्री लामिछानेले दबाब थेग्न सकेनन् वा के भयो– गिरफ्तारीलगत्तै अस्पताल भर्ना भएका महरा ४ दिनपछि हाजिर जमानीमा छुटे ।

त्यसैताका गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा हिनामिना प्रकरणमा उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीविरुद्ध फायर खोले । अर्थात् जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीसँग बयान लियो र क्लिन चिट दियो । चौधरीलाई बयान लिएर ‘वाहीवाही’ पाएका गृहमन्त्रीले उल्टै क्लिनचिट दिएको बुझेपछि आमनागरिकमा निराशा बढेको छ ।

त्यस्तै उनले खालेको तेस्रो र सबैभन्दा हानिकारक फायर हो– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको । धनुषाका एक स्थानीयसँगै नागरिकता नम्बर मिलेको अभियोगमा पक्राउ परेका सिरोहिया पनि कसुर प्रमाणित नभएपछि हाजिरी जमानीमा छुटे । विगतमा आफ्नो दोहोरो नागरिकताबारे लगातार समाचार लेखेको र पछिल्लो समय सहकारी घोटलाबारे निरन्तर फलोअप गरिरहेका कारण गृहमन्त्री लामिछानेले सिरोहियालाई निसानामा पारेका थिए । तर, उल्टै सिरोहिया निर्दोष प्रमाणित भएपछि रविविरुद्ध ‘ब्याकफायर’ भएको छ ।

स्मरणीय छ कि, रविले नागरिकतामा बेइमानी गरेको प्रमाणित भएपछि फेरि नागरिकता बनाएका थिए र पक्राउ गर्नुअघि सिरोहिया नेपाली नै नभएको, फरक–फरक नागरिकता भएको, नागरिकतामा हस्ताक्षर र मिति नै नभएकोजस्ता हल्ला चलाइएको थियो । जसलाई धेरैले पत्याएका थिए ।

यसरी उच्च आश गरेका गृहमन्त्री लामिछानेले प्रतिशोध र आवेगका कारण फितला कदम चाल्दा नागरिकमा निराशा बढेको छ । विगतमा ठूल्ठूला भ्रष्टाचारका फाइल खोलेर देशमा सुशासनको बहार ल्याउने उद्घोष गरेका गृहमन्त्री लामिछानेका पछिल्ला गतिविधि पट्यारलाग्दा छन् । रै त पनि मान्छेहरु अझै उनीसँग आश गर्न अभिषप्त छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT