Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित

सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित


काठमाडौं । बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताका लागि हारगुहार गरेको एक वर्ष पुग्दा पनि सरकारबाट कुनै पहल नभएपछि फेरि आन्दोलन सुरु गर्नुपरेको सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताएका छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताबाट संकलन भएको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सचिव कुमार रम्तेल, भूपेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कसहित २८ जनाले बचत अपचलन गरेको देखिएको छ ।

रास्वपाका सभापति एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका कार्यकारी निर्देशक रवि लामिछानेले पनि सुप्रिम सहकारीबाट बैंकमार्फत रकम ट्रान्सफर गराएर २ करोड लगेको अनुसन्धानले देखाएको छ । तर, प्रहरीले लामिछानेलाई प्रतिवादी बनाएको छैन । त्यही प्रतिवेदनका आधारमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर कारबाहीको मागसहितको मुद्दा अदालत पेस भइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT