Techie IT
Monday, June 16, 2025 | सोमबार, असार २, २०८२
२०८२ असार २, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रक्यानडाका एक युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा

क्यानडाका एक युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा


काठमाडौं । एक युवकले आफूलाई लत लागेको भन्दै विभिन्न सामाजिक सञ्जालविरुद्ध मुद्दा हालेका छन् । समाचारअनुसार क्यानडाका २४ वर्षीय एक युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले सामाजिक सञ्जालका विभिन्न माध्यमले आफूलाई लत लगाएको दाबी गर्दै मुद्दा दायर गरेका हुन् । सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल प्लेटफर्म दैनिक कति प्रयोग गर्ने भन्ने सीमितता कायम नभएकाले पनि त्यसको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारेको उनको आरोप छ ।

खासगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले निन्द्रा बिग्रिएको र व्यक्तिको रचनात्मक क्षमतामा ह्रास ल्याएको उक्त मुद्दामा उल्लेख छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय क्यानडामा सामाजिक सञ्जालविरुद्ध मुद्दा हाल्ने प्रवृत्ति बढ्दो छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै

राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श

काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ ।

आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’

काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको

भक्तपुरको राधेराधेमा फिस टनेल एक्स्पो हुँदै, १६० प्रजातिका माछा एकैपटक…

भक्तपुर । भक्तपुरमा भोलि (शुक्रबार)देखि फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले दियो कृषकलाई हाते ट्रयाक्टर, कृषक मख्ख

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । बिहीबार एक समारोहबीच गाउँपालिका अध्यक्ष

बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार…

काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज

Techie IT