Techie IT
Wednesday, June 10, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमाधव नेपालको महत्वकांक्षाले नेकपा एसमा तनाव

माधव नेपालको महत्वकांक्षाले नेकपा एसमा तनाव


काठमाडाैं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै माधव नेपालले एमाले फोरेर नयाँ पार्टी बनाए– नेकपा एस । त्यतिबेला पार्टी फोड्नुको निहुँ संसद विघटन भए पनि कारण थियो– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगको इगो ।

माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्न त सकेनन् नै ! अहिले पार्टी जोगाउनसमेत उनलाई हम्मेहम्मे परेको छ ।

‘विश्व कम्युनिस्ट आन्दोलन जोगाउन’ भन्दै एमाले फोरेका नेपाल अस्तित्वकै संकटमा पुग्नु दुर्भाग्यपूर्ण छ । खासगरी– जसरी पनि प्रधानमन्त्री हुने एकमात्र उद्देश्य बोकेका नेपाल अहिले अत्यन्तै छटपटी र बेचैनीमा छन् । र यसैकारण पार्टीमा दुईधार बनेको छ । माधव नेपालको अतिसत्तामोहका कारण नेताहरुमात्र होइन, सांसदहरु नै विभाजित हुन थालेका छन् भने मन्त्री नपाएको झोँकमा रहेका केही सांसदहरु पार्टी विभाजनको तयारीमा जुटिसकेका छन् ।

पार्टी विभाजन रोक्ने उपायको खोजीमा रहेका माधव नेपाल अहिलेको सत्ता गठबन्धनसँग केन्द्रमा सँगै बस्ने र प्रदेश सरकार हेरफेरमा कांग्रेससँग पनि मिल्ने रणनीतिमा छन् । र यसकै लागि उनले कांग्रेससँग हिमचिम बढाएका छन् । तर पार्टीका सम्मानित नेता झलनाथ खनाल भने नेपालको उक्त गतिविधिप्रति सन्तुष्ट छैनन् ।

अध्यक्ष नेपाल गठबन्धनको विकल्प खोज्ने तर अर्का नेता गठबन्धन बलियो बनाउने कसरतमा लागेपछि पार्टीभित्र विवाद चुलिएको हो । स्रोतका अनुसार अहिलेको गठबन्धनको विकल्पमा जानका लागि उपाध्यक्ष प्रमेश हमाल र राजेन्द्र पाण्डेबाहेक अधिकांश पदाधिकारी असहमत छन् ।

कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने बाटोमा रहेका माधव नेपालले एमाले र माओवादी केन्द्रलाई सत्ताबाहिर राखेर जानुपर्ने पक्षमा हिसाबकिताब गरिरहेका छन् । जनता समाजवादी पार्टीको विभाजनको टुंगो अदालतबाट लागेपछि अन्तिम हिसाबकिताब गर्ने उनको तयारी छ ।

गैरकम्युनिष्ट धारको सरकार बनाउने तर त्यसमा माधव नेपाल चाहिँ अटाउने गरी गठबन्धन बनाउन कांग्रेस सहमत भइसकेको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT