गृहपृष्ठ ∕ समाचारपत्र ∕ जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए स्वर्णपत्र सोमबार, २०८१ साउन २१ गते, ११:०२ मा प्रकाशित समाचारपत्र काठमाडौं । कसैले जानजान आफ्नै पसलमा आगो लगाउला ? हामी सहजै भन्न सक्छौं– लगाउँदैन । तर, पोखराका एक पसलेले नियोजितरुपमा आफ्नो पसलमा आगो लगाएका छन् । हो, पोखरा–१७ का ३६ वर्षीय सुजन गहतराले बिमा दाबी गर्नका लागि आफ्नै सपिङ सेन्टरमा जानाजान आगो लगाएको प्रमाण फेला परेको छ । सुजनले गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी लगाएको पाइएको प्रहरीले जनाएको छ । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले सपिङ सेन्टर चलाएका थिए । सुजनले प्रहरीसँगको बयानमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको बताएका थिए । तर प्रहरीलाई उनको बयान शंकास्पद लाग्यो र थप अनुसन्धान अघि बढायो । प्रहरीले थप अनुसन्धान गर्दा सुजनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको हो । अनुसन्धानका क्रममा सुजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा दुई करोड १० लाख बराबरको बिमा गरेको पाइएको प्रहरीले जनाएको छ । #बिमा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ४ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै