Techie IT
२०८१ कात्तिक २३, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु


काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसो सम्म १ सय ५० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय १९ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो

काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा

सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ

काठमाडौं । सहकारी बचत रकम हिनामिना आरोपमा सत्तारुढ नेकपा एमालेका प्रदेश सांसदका छोरा पनि पक्राउ परेका छन् । बचत हिनामिना

घट्याे सुनकाे भाउ

काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४००

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए

काठमाडौं । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा

Techie IT